
गण्डकी वचत तथा ऋण सहकारी संस्थाको ३४ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदी ज्यूको अध्यक्षता र सहकारी अभियानका अभियन्ता, बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ नेफ्स्कुनका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल को विशेष सहभागितामा आज सम्पन्न भयो । संस्थाका नेफ्स्कुनका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालद्धारा पानसमा दिप प्रज्वलन गरि उद्घाटन भएको कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बचतको प्रतिक स्वरुप खुत्रुकेमा रु ५०/- का नोटहरु राखि सहकारीमा बचत गर्ने कार्यमा ऐक्यबद्धता जाहेर भएको थियो । त्यसै गरि पुर्व अध्यक्ष, अतिथि र संचालकहरुबाट यस संस्था ३२ वर्ष पुगेको अवसरमा ३२ वटा दियोमा दिप प्रज्वलन गरिएको थियो । त्यसै गरि संस्थाका संचालक सदस्य श्री प्रमिला सापकोटा बाट गण्डकी आस्था वाचन गराइएको थियो ।
संस्थाको सचिव श्री केशवराज शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा, संस्थाका उपाध्यक्ष श्री केदार नाथ न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालक समितिको तर्फवाट सचिव श्री केशवराज शर्माले आ.ब. २०८१।८२ को प्रगती प्रतिवेदन तथा आ.ब. २०८२।८३ को प्रस्तावित नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष श्री सकुन्तला न्यौपाने तिवारीले आर्थिक प्रतिवदेन प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गरेर संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री विष्णु प्रसाद शर्माले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख बक्ता, सहकारी अभियानका अभियन्ता, बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ नेफ्स्कुनका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले यस संस्थाले संस्थागत पूजि ११ प्रतिशत कायम गरि देखाएको सबलता अन्य संस्थाको लागि पनि अनुकरणीय रहेकोमा प्रसन्नता व्यक्त गर्नु भयो । यस संस्थाको सफलता लाई अझै उचाईमा पुर्याउन सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नू भयो । त्यसै गरि सदस्यको तर्फवाट श्री नारायण देव पंगेनी, कृष्ण सुबेदी ले लिखित तथा मौखिक जिज्ञाशा तथा सुझाव पेश गर्नु भएको थयो । सल्लाहकारहरु श्री षडानन्द लामिछानेले,बेदप्रसाद गौडेल ले सुझाव तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम स्थलमा सदस्यहरुको उत्पादन प्रर्दशनी तथा विक्रि स्टल पनि राखीएको थियो । साथै ३२ औ स्थापना दिवसको अवसरमा निशुल्क मधुमेह परिक्षण शिविरमा २६९ जनाले सेवा लिनुभएको थियो, यस शिविरमा क्यापिटल रिफ्रेन्स ल्याव प्रा लि को प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा विभिन्न विधामा ३४ जना उत्कृष्ट सदस्य तथा बाल बचतकर्ताको रुपमा पुरस्कार तथा सम्मान पत्रवाट सम्मानित गरिएको थियो । वर्ष उत्कृष्ट सेवा केन्दमा संगम सेवा केन्द्रलाई आ.व. ८१।८२ को वर्ष उत्कृष्ट सेवा केन्द्रको र वर्ष उत्कृष्ट कर्मचारीको रुपमा आमा सेवा केन्द्र कार्यालयका सेवा केन्द्र प्रमुख श्री देवी ढकाललाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।
साधारण सभाले सचिव, कोषाध्यक्ष लगायत लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन र लेखापरिक्षण प्रतिबेदन पास गरिएको थियो ।
अध्यक्ष श्री गोविन्द सुवेदीले अधिल्लो साधारण सभावाट सर्वसम्मवतले निवाचित गरि दिनु भएको जिम्मेवारीलाई आत्मासात गर्दा संस्था हाल २ अर्वको पुँजी, ११ प्रतिशतको संस्थागत पूँजी कायम रहेको, र यस आ.व.मा ८ प्रतिशत शेयर लाभांस साथै बचत र ऋणको आधारमा संरक्षित पुँजी फिर्ताकोषवाट पनि रकम खातामा जम्मा गरिने निर्णय गनुभएको र यस साधारण सभालाई सभ्य र भव्य तरिकाले सफल परिदिन सहयोग गर्नुहुने सम्पूर्ण शेयर सदस्यलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कुल १७००० भन्दा बढी सदस्य, २ अर्व १० करोड कुल सम्पती, ७ वटा कार्यालय, ३७ जना कर्मचारी र गैंडाकोट नरपालिका कार्यक्षेत्र रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं एसियाली ऋण महासंघ (अकु) ले नेफ्स्कुन मार्फत संचालन गरेको एक्सेस ब्राण्डीङ कार्यक्रममा सहभागी भई हाल सम्म ४ पटक सम्म एक्सेस ब्राण्ड प्राप्त गरेको छ ।