
समुदायमा भिन्न रुचि,चाहना, क्षमता, आवश्यकता भएका सबै सदस्यहरुको सहजताको लागि १८ प्रकारका बचतका उत्पादनहरु संचालनमा ल्याएको छ ।

सदस्यको माग अनुसार भिन्न भिन्न क्षेत्रहरुमा आवश्यकता र क्षमताको पहिचान गरी सोही अनुसार १७ प्रकारका ऋणका उत्पादनहरु संचालनमा ल्याएको छ ।

संस्थालाई सदस्य मैत्री वनाई, सदस्य सन्तुष्टीलाई उच्च स्थानमा राख्दै, गण्डकी साकोसले विभिन्न गैंर वित्तिय कार्यक्रम गर्दै आएको छ । जसमध्ये रक्तदान, न्यानो कार्यक्रम, वातावरण प्रर्वधन, सुत्केरी भेटघाट, सदस्य मृत्यु राहतकोष, श्रदान्जली आदी ।

– एसियाली ऋण महासंघद्वारा अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त संस्था,
– बचतको सुरक्षा र उच्चतम प्रतिफल प्राप्त गर्न,
– सदस्य राहतकोष कार्यक्रमबाट लाभ लिन (२५,००० सम्म)
– शनिवार तथा सार्वजनिक बिदाका दिन पनि रकम राख्न भिक्ने सुविधा प्राप्त गर्न,
– विप्रेषण (Remittance) सेवा प्राप्त गर्न,
– विभिन्न तालिम, भ्रमण, तीर्थयात्रा, गोष्ठी तथा अन्य सामुदायिक क्रियाकलापहरुमा सहभागी हुन,
– उत्कृष्ट सदस्यका रुपमा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्राप्त गर्न,
– पूर्ण कम्प्युटर प्रविधियुक्त अत्याधुनिक कारोवार प्रणाली भएको संस्था,
– संरक्षित पूँजी फिर्ताकोषबाट अतिरिक्त र कम प्राप्त गर्न,
– निःशुल्क ब्द्यद्यक् सुविधा भएको संस्था, एसएमएस तथा मोबाइल एप्स सेवा लिन सकिने संस्था,
– घरमा बसी बसी मोवाइल एप्सबाट विद्युत, टेलिफोन, इन्टरनेट इत्यादीको बिल भुक्तानी गर्न सकिने संस्था,
– सदस्यहरुको चाहना तथा क्षमता अनुसार का बचत र ऋणका सेवाहरु उपलब्ध भएको संस्था,
– समुदायमा आधारित पूर्ण प्रजातान्त्रिक संस्था,
– सबैलाई पायक पर्ने स्थानमा आफ्नै सुविधासम्पन्न मुख्य कार्यालय र सेवा के न्द्र कार्यालय भएको संस्था,
– पर्ल्स अनुगमन प्रणाली बमोजिम मासिक लेखाजोखा पद्धति अवलम्बन गरिएको संस्था,
– विनियम, नीति, नियमावली र कार्यविधि बमोजिम सञ्चालित संस्था ।
तत्कालिन गैंडाकोट गाविसमा रहेको गैंडाकोट युवा क्लबमा सक्रिय रहेका केही यूवा साथीहरुको सकृयतामा मेरो नेतृत्वमा २०५० साल कार्तिक १ गते गैंडाकोट युवा बचत तथा ऋण सहकारी संस्थाको नामबाट यस संस्थाको स्थापना भएको थियो ।
गैंडाकोट नगरपालिकालाई आफ्नो कार्यक्षेत्र निर्धारण गरेको यस संस्थाले आफ्ना सदस्यहरुलाई अझै प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्येश्यका साथ, छिमेकमा रहेका समान प्रकृतिका सहकारी संस्थाहरुसंग एकिकरण गर्ने अभियानमा लाग्दै गर्दा स्वाभिमान साकोस, आमा साकोस, नवल कृषि सहकारी संस्था, संगम अविरत साकोस, कलश साकोस संग एकिकरण गरी हाल गण्डकी बचत तथा ऋण सहकारी संस्थाको नामबाट संस्था संचालनमा छ । अमरापुरीमा पहिलो सेवा केन्द्र संचालन गरेको यस संस्थाले एकिकरण गर्दै जाँदा थप ५ वटा सेवाकेन्द्र सहित कुल ६ वटा सेवाकेन्द्र र एक मुख्य कार्यालय गरी ७ स्थानवाट समान कारोवार गर्दै आइरहेको छ । यसमध्ये संस्थाको मुख्य कार्यालय सहित ४ स्थानमा आफ्नै स्वामित्वमा रहेका कार्यालय भवनहरु छन् ।
समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको परिकल्पना अनुरुप हाल करीब १७ हजार शेयर सदस्यहरु ५००० बाल बचतकर्ता माझ २ अर्व १० करोड पूँजि परिचालन गरी बिभिन्न वित्तीय तथा गैर वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल केहि सहकारी संस्थाहरूले आफ्नो मूल सिद्धान्त, मूल्य र मान्यताहरूलाई बेवास्ता गर्दा, उनीहरू अन्य बैंक तथा वित्तीय संस्था जस्तै बन्ने प्रयास गर्दा त्यस्ता केहि सहकारीहरुमा समस्या सिर्जना भएको देखिन्छ । सहकारीको मुख्य उद्देश्य समुदायको उत्थान र आपसी सहायतामा आधारित हुन्छ, तर जब यसलाई लाभको श्रोतको रुपमा मात्र हेर्ने दृष्टिकोणबाट चलाउन थालिन्छ तब समस्या उत्पन्न हुन्छ । सहकारीका सदस्यहरूले बचत फिर्ता पाउन नसक्दा उनीहरूले आन्दोलन गरिरहेका छन् जसले सहकारीको छवि झन बिगारेको छ । यसको समाधान भनेको सहकारीहरूले पारदर्शिता, जवाफदेहिता, र आपसी विश्वासमा आधारित प्रणाली निर्माण गर्नु हो ।गण्डकी साकोस जस्ता सदस्यमा आधारीत निति बिधि र प्रबिधिमा संचालन भैरहेका संस्थाहरुमा समेत नीति बिधि प्रबिधिमा पुनर्संरचना गर्ने, सहकारीको मौलिक सिद्धान्तलाई कायम राख्ने, सदस्यहरूलाई सचेत र प्रशिक्षित बनाउने , समयमै नियमन र अनुगमन गर्ने, कर्जाको प्रभावकारी व्यवस्थापन गर्ने, साझा जिम्मेवारी बहन गर्ने र सदस्यहरूलाई सुचना दिनेबारे विशेष ध्यान दिनुपर्छ । हामी गण्डकी साकोसका समग्र संचालक तथा ब्यबस्थापन समुह उपरोक्त विषयमा सचेत छ । गण्डकी साकोसले यिनै बिषयहरुलाई मध्यनजरमा राख्दै आफ्ना सदस्यहरुलाई प्रभावकारी गुणस्तरीय एवं सर्वसुलभ वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्नका लागि निति बिधि र अत्याधुनिक प्रविधिहरु प्रयोगमा ल्याईएको छ । संस्था नीति विधि र प्रविधिमा चल्नको लागि ३७ प्रकारका नीति निर्देशिका र कार्यविधिहरु अद्यावद्यिक रहेका छन् । संस्थाले संस्था संचालनको लागि चार बर्षिय व्यवशायिक योजना तयार गरी सो योजनाले निर्धारण गरेका मापदण्ड अनुसार बार्षिक रुपमा समीक्षा तथा पुनरावलोकन गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको छ ।
एसियालि ऋण महासंघ (अकू) द्वारा नेफ्स्कून मार्फत संचालित एक्सेस ब्राण्ड कार्यक्रममा सहभागी भई सन २०१७ देखि लगातार चार पटक एक्सेसको ब्रोन्ज (रजत) ब्राण्ड प्राप्त गरी सकेको छ भने हाल पनि सो कार्यक्रममा आवद्ध रहेको छ ।संस्थाका नियमित प्रशाशनिक गतिविधिहरु संचालक समितिले तर्जुमा गरेको निति बिधि प्रविधि बमोजिम व्यवस्थापन पक्षबाट संचालन हुने गरेको छ भने आफ्ना सदस्यहरुको लागि उपलब्ध वित्तीय तथा गैर वित्तीय सेवाहरु कसरी प्रभावकारी तवरले सुचारु गर्ने भन्ने विषयमा संचालक समिति एंव व्यवस्थापन समूह कृयाशिल रहेको छ ।
व्यवस्थापन पक्षलाई अझै प्रभावकारी बनाउन विभिन्न विभाग वनाइ विभागिय जिम्मेवारी समेत प्रदान गरिएको छ । आगामी दिनहरुमा अझै जिम्मेवारी वोधका साथ संस्था संचालनमा आफुलाई समर्पित गराउन संचालक समिति एंव व्यवस्थापन समूह प्रतिवद्ध रहेका कुरा स्मरण गराउन चाहन्छु । संचालक र व्यवस्थापनको संयुक्त पहलकदमीबाट “समुदायको उत्कृष्ट सहकारी संस्था” बनाउने संस्थाको परिकल्पनाले पूर्णता पाउने कुरामा हामी विश्वस्त छौं ।

आदरणीय सदस्य महानुभावहरु, कर्मचारी मित्रहरु एवं संचालक समितिका पदाधिकारी एवं सदस्यज्यूहरु
२०५० सालमा गैंडाकोट युवा बचत तथा ऋण सहकारी संस्थाको नामबाट स्थापना भई बिकाश र एकिकरणको माध्यमबाट २ अर्व सम्पती, १६००० सदस्य र ७ वटा सेवाकेन्द्र कार्यालय, ३६ जना कर्मचारी भएको यस गण्डकी बचत तथा ऋण सहकारी संस्थाको रुपमा यहाहरु समक्ष संस्थालाई परिचित गराउन पाउँदा खुसी लागेको छ ।
बिभिन्न बित्तिय तथा गैर बित्तिय सेवाको माध्यमबाट सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक उन्नतीमा टेवा पुर्याउने ध्येयका साथ समुदायको उत्कृष्ट वित्तिय सहकारी संस्थाको रुपमा यस गण्डकी बचत तथा ऋण सहकारी संस्थालाई स्थापित गर्ने दुरदृष्टि र संकल्पका बोकि संस्थाका कार्यक्रम र गतिबिधिहरुलाई सदस्य समक्ष प्रस्तुत गरेका छौ ।
हामीलाई विश्वास छ, गण्डकी साकोसका आधुनिक प्रतिस्पर्धि र गुणस्तरिय बित्तिय तथा गैर वित्तिय सेवाहरुले सदस्यहरुको जिवन स्तरमा सकारात्मक परिवर्तन गराउन सहयोग गरेको छ । समयको गति संगै हुने परिवर्तित वित्तिय अवस्थालाई ध्यान दिदै हामीले उपलब्ध गराएका एकिकृत र बृहत बित्तिय सेवाहरुलाई अझै परिस्कृत र परिमार्जन गर्दै जानेछौ । सदस्यको विस्वास र सन्तुष्टिलाई केन्द्र बिन्दुमा राखेर सहकारी का सेवाहरुलाई निरन्तररुपमा संचालन गर्न हामी संकल्पित छौ । कार्यरत कर्मचारीहरुमा उच्च मनोबल र सुरक्षित भविश्यको प्रत्याभुतिका साथ सदस्यहरुलाई सन्तुष्टि पूर्ण सेवा प्रबाहमा क्रियाशिलहुने वातावरण बनाउन प्रतिबद्ध छौ ।
विशिष्ठ ज्ञान र अनुभवबाट शुशोभित हुनुभएका यस संस्थाका संचालकहरुको मार्गदर्शनलाई आत्मसाथ गर्दै संस्थालाई समुदायको उत्कृष्ट वित्तिय सहकारी संस्थाको रुपमा संचालन गर्न प्रतिबद्ध छौ ।
धन्यबाद ।
