
गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं गैंडाकोटको आयोजनामा संस्थाको मुख्य कार्यालय परिसर गैंडाकोट २ नवलपुरमा भएको खुल्ला रक्तदान कार्यक्रममा ११६ जना रक्तदाताहरु बाट रक्त दान गरिएको छ । २० जना महिला रक्तदाता र २८ जनाले पहिलोपटक रक्तदान गर्नुभएको कार्यक्रम शहिद दिवशको सन्दर्भमा आयोजना गरिएको हो । संस्थाका अध्यक्ष श्री गोबिन्द सुबेदीको अध्यक्षता र गैंडाकोट नगरपालिकाका नगर प्रमुख श्री मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । देशको लागि आफ्नो बलिदान दिने शहिदहरुको स्मृतिको सन्दर्भ पारेर गण्डकी साकोसले यस प्रकारको कार्यक्रम आयोजना गरि सदस्य तथा समुदायका बासिन्दाहरुलाई सामाजिक रुपमा सक्रिय र देशभक्ति तथा सहयोगी भावना जागृत गराउन भुमिका खेलेकोमा गण्डकी साकोसलाई धन्यबाद ज्ञापन गर्दै प्रमुख अतिथि अधिकारीले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यसै गरि संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक श्री पोषण राज सुबेदीले गण्डकी साकोसले समुदाय को विकासको लागि यस्ता मानविय सहयोग तथा प्रेरणात्मक कार्यक्रमहरु संचालन गर्दै आईरहेकोमा प्रशन्नता व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।
वडा नं २ का वडाध्यक्ष श्री प्रकाश सापकोटा, संस्थाका सल्लाहकार संयोजक श्री पोषणराज सुबेदी, सल्लाहकारहरु श्री बेदप्रसाद गौडेल, श्री कुलप्रसाद पाण्डे, श्री शािन्त सापकोटा, श्री षडानन्द लामिछाने ,जिल्ला सहकारी संघ नवलपुरका सचिव श्यामसुन्दर लामिछाने, नेपाल रेडक्रश सोसाइटी उपशाखा कार्यालय गैडाकोटका अध्यक्ष श्री उमाकान्त सापकोटा, नेपाल रेडक्रश सोसाइटी शाखा नवलपुरका सदस्य तथा संस्थाका लेखा समिति संयोजक श्री विष्णुप्रसाद शर्मा, एस्डी आरसीका अध्यक्ष श्री हुमकान्त आचार्य, सहकारी समन्वय मन्च गैंडाकोटका अध्यक्ष बाबुराम खनाल सहित स्थानिय संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रम संस्थाका संचालक समिति सदस्य श्री शुभेच्छा दलि प्रधानले संचालन गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष एवं स्वास्थ्य उप समिति संयोजक श्री सकुन्तला तिवारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
देशको लागि आहुति दिने ज्ञात अज्ञात शहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको कार्यक्रममा उपस्थित मध्ये सबैभन्दा धेरै पटक ११९ पटक रक्तदान गर्नुहुने रक्तदाता श्री सन्तोष कुमार वाग्ले लाई प्रमुख अतिथिबाट ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको औपचारीक समुद्घाटन भएको थियो ।
संस्थाका धेरै गैरबित्तिय वार्षिक कार्यक्रम अन्तरगत यस प्रकारको कार्यक्रम आयोजना गरेको जानकारी गराउनु हुदै शहिद ले देशको लागि आफ्नो प्राणको आहुती दिए भने हामी नागरिकले पनि तिनै शहिदको सम्झना गर्दै रगत अभावमा कसैले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने अभिप्राय राखि गण्डकी साकोसका सदस्य र स्थानिय समुदायलाई सामुदायिक गतिबिधिमा सक्रिय गराई राख्न यस प्रकारको कार्यक्रमको आयोजना गरिएको बताउदै संस्थाका अध्यक्ष श्री गोबिन्द सुबेदी ले रक्तदान कार्यक्रममा सदैव सक्रिय सहभागि भई रक्तदान गर्न अनुरोध गर्नु भयो । साथै कार्यक्रममा सहभागि भई हामीलाई हौसला र प्रेरणा दिनुहुने नगर प्रमुख एवं सम्पूण अतिथि, संचालक, सबै उप समिति, कर्मचारी एवं उपस्थित महानुभावहरु धन्यबाद ज्ञापन गर्नु भयो ।
गैंडाकोट नगरपालिका कार्यक्षेत्र रहेको संस्थाको २ अर्व १३ करोड कुल सम्पती, सेयर पूजि १९ करोड ६० लाख, जगेडा कोष २१ करोड, ७ वटा सेवाकेन्द्र कार्यालय र ३६ जना कर्मचारी रहेका छन् भने संस्था समुदायको उत्कृष्ट संस्थाको छवी कायम राख्न सफल भएको छ । त्यसै गरि संस्थाले एसियाली ऋण महासंघ बाट ४ पटक सम्म एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।