समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

सहकारी सिद्धान्त

विश्व ऋण परिषद (WOCCU) द्वारा प्रतिपादित १० वटा सिद्धान्तहरु –

(१) सहकारी संरचनाः 
१.१ सदस्यहरुको स्वामीत्व ।
१.२ सदस्यहरुको नियन्त्रण ।
१.३ प्रजातान्त्रिक नियन्त्रण ।
(२) सदस्यलाई सेवा
२.४ वित्तीय समावेशीकरण ।
२.५ वित्तीय स्थिरता ।
२.६ सदस्यहरुलाई आर्थिक फाइदामा बढोत्तरी ।
(३) सामाजिक उत्तरदायित्व
३.७ वित्तीय साक्षरता ।
३.८ सञ्जाल सहयोग ।
३.९ सामाजिक दायित्व ।
३.१० विश्वव्यापी परिदृश्य ।

अन्तर्राष्ट्रिय सहकारी महासंघद्वारा पारित सहकारीका ७ वटा सिद्धान्तहरु –

१) स्वेच्छिक तथा खुल्ला सदस्यता (स्वीकार्यताको सिद्दान्त)
कार्यक्षेत्र भित्र सदस्यता, भेदभाव रहित, सरलढङ्गवाट सदस्यता, प्रवेशमा खुल्ला
२) सदस्यतहरुको प्रजान्त्रिक नियन्त्रण (समानताको सिद्दान्त)
आन्तरिक लेखा परिक्षण, बाह्य लेखा परिक्षण, नियमित साधारण सभा र सक्रियता पूर्वक सहभागिता, आवधिक निर्वाचन, एक व्यक्ति एक मत र समान मताधिकार
३) सदस्यको आर्थिक सहभागिता (श्रोत संकलन तथा परिचालनको सिद्दान्त)
पूँजीमा योगदान, सिमित दायित्व,न्याय सम्मत वितरण , प्रतिफलको उपयोग, संस्थागत पूँजीमा योगदान, सदस्यसंगा मात्र कारोवार
४) स्वायत्तता तथा स्वतन्त्रता (स्व विशेषताको सिद्दान्त)
नितिगत सर्वोच्चता कार्यगत स्वतन्त्रता, व्यवस्थापकिय स्वतन्त्रता, स्व सञ्चालन, ऐन कानुन नीतिको परिपालन, वित्तीय आत्मनिर्भरता
५) शिक्षा तालिम र सूचना (शिक्षाको सिद्दान्त)
सदस्य, कर्मचारी, सरोकारवाला र समुदाय केन्दीत शिक्षा,सूचना प्रविधि,उत्तम अभ्यासको उपयोग, नियमित प्रतिवेदन तथा सूचना प्रकाशन, बजार सूचना, पत्रपत्रिका, वुलेनि र वार्षिक प्रतिवेदन
६)सदकारी सहकारी विच सहकारिता ))
परस्परिक सहयोगको सिद्दान्त, संघहरुमा आवद्धता, प्राविधिक सहयोग, उद्योग व्यवसाय सञ्चालन, शिक्षा तथा तालिममा समन्वय
७) समुदाय प्रति चासो (उत्तरदायित्वको सिद्दान्त)
सामुदायिक कार्यक्रम, पूर्वाधार विकास र संरक्षण, वातावरण सम्वधि कार्य