
यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उप समितिको आयोजनामा वित्तिय सचेतना कार्यक्रम अन्तर्गत गणेश मन्दिर परिसर गैडाकोट ४ मा आमा सेवा केन्द्र व्यवस्थापन उपसिमित संयाेजक श्री प्रमिला सापकाेटाकाे अध्यक्षता र संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीको विषेश अतिथ्यमा सम्पन्न भयो।
शिक्षा उपसमितिका संयोजक श्री केशव राज शर्माले सञ्चालन कार्यक्रमका वारेमा छोटकरीमा प्रकाश पर्नु भएकाे थियाे साथै अामा सेवा केन्द्र व्यवस्थापन उपसिमितकाे सदस्य श्री राधिका सापकाेटा ज्यूले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीले वित्तीय सचेतना र सहकारीका विविध विषयमा सहजिकरण गर्नुभएको थियो भने संस्थाका ऋण अधिकृत श्री अन्जनराज पन्तले संस्थाको संक्षिप्त परिचय दिई सहजिकरण गर्नुभएको थियो । उपस्थीत सम्पुर्णकाे जिज्ञाषा र सुभावलाइ सम्वाेधन कायर्त्रफम संचालकले गर्नु भएकाे थियाे । कार्यक्रममा १५० जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम मार्फत वित्तीय सचेतनासँगै आत्मनिर्भरता र उत्पादनशीलतामा जोड दिँदै बीउ–विजन वितरण गरिएको थियो । अन्तयमा कार्यक्रमका अध्यक्षता गुर्नभएका प्रमिला सापकाेटाले उपस्थित सवै शेयर सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।