





यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उप समितिको आयोजनामा सहकारी सचेतना तथा जाेखिमपूण अवस्थामा जीवन रक्षा सम्वन्धी अभिमुखिकरण कार्यक्रम अन्तर्गत गैंडाकोट नगरपालिका–११ को वडा कार्यालय परिसर मा संस्थाका सचिव श्री केशव राज शर्माकाे अध्यक्षता र वडा नं. ११का वडा अध्यक्ष श्री गोविन्द प्रसाद सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न भयो ।
ऋण अधिकृत श्री अन्जनराज पन्तले सञ्चालन कार्यक्रमका वडा अध्याक्ष श्री देवी दत कंडेलले कार्यक्रम वारेमा छोटकरीमा प्रकाश पर्नु भएकाे थियाे साथै नवल सेवा केन्द्र व्यवस्थापन उपसिमितकाे सदस्य श्री राधिका सापकाेटा ज्यूले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममार्फत वित्तीय सचेतनासँगै आकस्मिक अवस्थामा जीवन रक्षा कसरी गर्ने विषयमा आवश्यक जानकारी तथा प्रशिक्षण प्रशुराम अचार्य प्रदान गरिएको थियो । कार्यक्रममा १०५ जनाभन्दा बढी सदस्य तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम मार्फत वित्तीय सचेतनासँगै आत्मनिर्भरता र उत्पादनशीलतामा जोड दिँदै बीउ–विजन वितरण गरिएको थियो । अन्तयमा कार्यक्रमका अध्यक्षता गुर्नभएका केशव राज शर्माले उपस्थित सवै शेयर सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।