समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
सदस्यता अध्याबधिक

गण्डकी साकाेसले सम्पन्न गर्‍यो संरक्षित पूँजीकोष फिर्ता कार्यक्रम

मिति २०८२।१२।१८

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गण्डकी साक्सेस) ले आ.ब. २०८१/८२ को कारोबारका आधारमा सदस्यहरूलाई प्रदान गर्ने संरक्षित पूँजीकोषको रकम एक विशेष कार्यक्रमबीच वितरण गरेको छ।

कार्यक्रमको अध्यक्षता गर्दै संस्थाका सञ्चालक गोविन्द सुबेदीले सहकारीको महत्व र सदस्यहरूको योगदानको प्रशंसा गर्नुभयो। संचालक समिति सचिव केशवराज शर्माको संचालनमा भएको उक्त कार्यक्रममा लेखा समिति संयोजक विष्णु प्रसाद शर्मा, सहकारी समन्वय मञ्च गैडाकोटका अध्यक्ष तथा संस्थाका लेखा समिति सदस्य बाबुराम खनाल, लेखा समिति सदस्य राधादेवी आचार्य, सल्लाहकारहरू बेदप्रसाद गौडेल र कुलप्रसाद पाण्डे,पूर्व अध्यक्ष श्री देवराज पाैडेल, सञ्चालकहरू तथा उत्कृष्ट कारोबार गर्ने १०० जना सदस्यहरूको सहभागिता थियो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुबेदीले संरक्षित पूँजीकोषको महत्व, संस्थाको वर्तमान अवस्था एवं सञ्चालित सेवाहरूबारे प्रस्तुति दिनुभयो। उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभयो भने पूर्वअध्यक्ष देवराज पौडेल, सल्लाहकार बेदप्रसाद गौडेल ले शुभकामना मन्तब्य राख्नु भएकाे िथयाे भने र संरक्षित पूँजीकोषबाट प्रतिफल प्राप्त गर्ने सदस्यको तर्फबाट कृष्णामुरारी खनालले संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै शुभकामना दिनुभयो।

१७१०० सेयर सदस्य र २ अवर् २० कराेड कुल पूजी भएकाे गण्डकी साक्सेसले हरेक वर्ष नियमित बचत तथा ऋण कारोबार गर्ने सदस्यहरूलाई संरक्षित पूँजीकोषबाट प्रोत्साहनस्वरूप अतिरिक्त लाभ (बोनस) प्रदान गर्दै आएको छ। यस वर्ष सदस्यहरूले रू. न्यूनतम २० देखि अिधकतम रू. ६२,५९२ सम्मको रकम प्राप्त गरेका छन्। उक्त रकम सदस्यहरूको सेयर बचत खातामा जम्मा गरिएको छ।

संस्थाले सदस्यकेन्द्रित सेवा विस्तार गर्दै सहकारी क्षेत्रमा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply