समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

समुदायका अगुवाहरुसँग अन्तरकृया कार्यक्रम – दोस्रो दिन

मिति : २०८० पौष २६ गते

यस गण्डकी वचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यस संस्थाको संस्थागत बिकास एवं स्थानिय समुदाय र संस्थाका सदस्यहरुको हितको लागि गर्न सकिने सम्भाव्य कार्यहरुको सम्बन्धमा “समुदायको अगुवाहरु सँग अन्तरकृया कार्यक्रम” शिक्षा उप समितिको आयोजनामा शिक्षा उप समिति को संयोजक श्री कुल प्रसाद पाण्डेको अध्यक्षतामा संस्थाको सभाहलमा सम्पन्न गरियो ।

संस्थाका वित्त प्रमुख श्री विपिन श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रमको विषयमा जानकारी सहित स्वागत मन्तव्य शिक्षा उप समितिका सदस्य श्री वेल प्रसाद पौडेल ले राख्नुभएको थियो । साथै संस्थाको हाल सम्मको वित्तिय अवस्था तथा संस्थाले सञ्चालन गरेको र प्रस्तावित सामाजिक (गैह्र वित्तीय) कार्यक्रमको वारेमा संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष श्री वेद प्रसाद गौडेलले संस्था स्थापना काल देखि हाल सम्म आइपुग्न योगदान पुर्‍याउनु हुने सवैमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो । साथै एक्सेस कार्यदलका सदस्य श्री तारानाथ लामिछाने देशमा विकास, काम गर्न सहजीकरण भएको अनुभुती दिलाउन देशको तिन खम्वा मध्ये एक खम्वा रुपमा रहेको सहकारी भएकाले सहकारी मार्फत जनता जनता माझ विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गैडाकोट न.पा वडा नं. २ का टोल विकास संस्था र टोल महिला समुहवाट अध्यक्ष सहित २/२ जना सहभागीता रहेको थियो ।

अन्तमा संस्थाको शिक्षा उप समति संयोजक श्री कुल प्रसाद पाण्डेले उपस्थिती सवैमा धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरुले संस्थाको उन्नती, विकासमा थप टेवा पुग्ने राय सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

 

 

Leave a Reply