समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

वार्षिक समिक्षा तथा योजना र वजेट तर्जुमा कार्यक्रम

संस्थागत पूँजि १० प्रतिशत कायम गर्दै वार्षिक समिक्षा र योजना तर्जुमा कार्यक्रम सम्पन्न

यस गण्डकी वचत तथा ऋण सहकारी संस्थाको आ.व. २०८०।०८१ को वार्षिक प्रगती समिक्षा, आ.व २०८१।०८२ को नीति तथा योजना र वजेट तर्जुमा कार्यक्रम संस्थाका अध्यक्ष श्री पोषणराज सुवेदीको अध्यक्षतामा संस्थाको सभाहलमा सम्पन्न गरियो । संस्थाका सचिव श्री कुल प्रसाद पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष श्री केदारनाथ न्यौपानेले कार्यक्रमको उद्येश्यवारे जानकारी गराउदै उपस्थित सबैमा स्वागत मन्तव्य राख्नुभएको थियो ।

सबै सेवा केन्द्रहरुको गत आ.ब.को वार्षिक लक्ष तथा प्रगतीर आगामी लक्ष, एवं सेवा केन्द्रका सबल पक्ष, सुधार गर्नु पर्ने पक्ष, अवसर तथा चुनौतीहरु लगायतका विषयमा सेवा केन्द्र प्रमुखहरुले प्रस्तुतीकरण गर्नुभएको थियो । गत आ.ब.२०८०/८१मा संस्थाको समग्र बित्तिय तथा गैर बित्तिय अवस्थाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदीले समिक्षात्मक प्रस्तुती सहित आ.ब.२०८१/८२को लागि नीति तथा कार्यक्रमहरुको मस्यौदा पेश गर्नुभएको थियो । यसका साथै आगामी वर्ष २०८१।०८२ को लागि कुल सम्पत्ति २ अर्व २० करोड पुर्याउने लक्ष सहितको बजेटको मस्यौदा संस्थाका वित्त प्रमुख श्री विपिन श्रेष्ठले पेश गर्नुभएको थियो । उक्त मस्यौदाहरुमा छलफल गर्दा सहभागिहरुबाट महत्वपुर्ण सुझावहरु प्राप्त भएकोमा सोलाई समेत समावेश गरि निति तथा कार्यक्रम र बजेटको अन्तिम मस्यौदा संचालक समितिमा पेश गर्ने तय गरियो ।




कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, ऋण उप समिति, शिक्षा उप समिति, सम्पूर्ण सेवा केन्द्र व्यवस्थापन उपसमिति, विभागिय प्रमुख, सेवा केन्द्र प्रमुख लगायतको उपस्थिती रहेको थियो । सहभागिहरुबाट प्राप्त भएका सुझावहरुको विषयमा आफ्नो भनाई प्रस्तुत गर्दै समग्र सहकारी अभियानको लागि यो वर्ष कठिन वर्षको रुपमा रहेता पनि संचालक, व्यवस्थापन समुह र सदस्यहरुको सक्रिय साथ सहयोग बाट गण्डकी साकोसले यत्तिको उपलब्धी हासिल गरेको, संस्थागत पूजि १० प्रतिशतको हाराहारी कायम गर्न सकिएकोमा प्रशन्नता व्यक्त गर्दै सम्र्पुणमा धन्यवाद दिदै अध्यक्ष श्री पोषणराज सुबेदीले कार्यक्रमको समापन गर्नुभएको थियो । २ अर्वको कुल सम्पती, १६५०० भन्दा बढी सदस्य, गैंडाकोट नगरपािलका कार्यक्षेत्र निर्धारण गरि ७ वटा कार्यालयहरुबाट सेवा प्रदान गरेको संस्थाको वार्षिक साधारण सभा २०८१ भाद्र २९ गते शनिबार तय भएको छ ।

1 Response

Leave a Reply