
गैंडाकोट पौष २ यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि।को शिक्षा उप समितिको आयोजनामा वित्तिय सचेतना कार्यक्रम अबिरत सेवा केन्द्र अन्तर्गत नमुना शिबनगर खानेपानी तथा उपभोक्ता संस्था गैंडाकोट ६ को सभा हलमा अबिरत सेवा केन्द्रका संयोजक श्री जयकृष्ण सापकोटा को संयोजकत्व मा सम्पन्न भयो ।
शिक्षा उपसमितिका सदस्य श्री कुल प्रसाद लामिछाने ले कार्यक्रमको संचालन गर्नुभएको थियो । शिक्षा उपसमितिका संयोजक श्री केशव राज शर्माले कार्यक्रमका बारेमा प्रकाश पार्नुका साथै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीले वित्तीय सचेतना र सहकारीका विविध विषयमा सहजिकरण गर्नुभएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदी ले संस्थाको संक्षिप्त परिचय दिई सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ९२ जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
अन्तयमा कार्यक्रमका संयोजन गुर्नभएका श्री जयकृष्ण सापकोटा ले उपस्थित सबै शेयर सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।