समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
सदस्यता अध्याबधिक

वित्तीय सचेतना कार्यक्रम सम्पन्न ।

मिति २०८१।०८।२४

यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उप समितिको आयोजनामा वित्तीय सचेतना कार्यक्रम मुख्य कार्यालय अन्तर्गत श्रीराम पार्टि प्यालेस गैडाकोट २ को सभा हलमा संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीको अध्यक्षतामा सम्पन्न भयो ।

शिक्षा उपसमितिका सदस्य श्री देशवन्दु सिग्देलले कार्यक्रमको संचालन गर्नुभएको थियो । शिक्षा उपसमितिका संयोजक श्री केशव राज शर्माले कार्यक्रमका बारेमा छोटकरीमा प्रकाश पार्नुका साथै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीले वित्तीय सचेतना र सहकारीका विविध विषयमा सहजिकरण गर्नुभएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदी ले संस्थाको संक्षिप्त परिचय दिई सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा महिला उपसमिति, युवा उपसमिति, स्वाथ्य उपसमिति र सेयर सदस्यहरु गरी ३६ जनाको उपस्थिती रहेको थियो ।

अन्तयमा कार्यक्रमका अध्यक्षता गुर्नभएका श्री गोविन्द सुवेदीले उपस्थित सबै शेयर सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

Leave a Reply