समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
सदस्यता अध्याबधिक

अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

माघ २० गते

यस गण्डकी वचत तथा ऋण सहकारी संस्थाको आ।व। २०८१।०८२ को अर्धवार्षिक प्रगती समिक्षा कार्यक्रम संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीको अध्यक्षतामा संस्थाको मुख्य कार्यालयको सभाहलमा सम्पन्न भयोे । संस्थाका सचिव श्री केशवराज शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री केदारनाथ न्यौपानेले कार्यक्रमको उद्येश्यवारे जानकारी गराउदै उपस्थित सबैमा स्वागत मन्तव्य राख्नुभएको थियो । साथै लेखा सुपरिवेक्षक समिति सदस्य श्री राधादेवी आचार्यले सहभागिहरुलाई ओम ध्वनीवाट ध्यानकेन्द्रीत योगाभ्यास गराई कार्यक्रम संचालन गरिएको थियो ।

सबै सेवा केन्द्रहरुको यस आ.ब. को अर्धवार्षिक लक्ष तथा प्रगतीको विषयमा सेवा केन्द्र प्रमुखहरुले प्रस्तुतीकरण गर्नुभएको थियो । यस आ.ब.२०८१।८२ मा संस्थाको समग्र बित्तिय तथा गैर बित्तिय अवस्थाको बारेमा, आगामी लक्ष एवं सेवा केन्द्रका सबल पक्ष, सुधार गर्नु पर्ने पक्ष, अवसर तथा चुनौतीहरु र वार्षिक नीति तथा कार्यक्रममा भएका प्रगतिलाई लाई संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदीले समिक्षात्मक प्रस्तुतीकरण गर्नुभएको थियो । साथै संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीले बिद्यमान संसोधित कानुनी व्यवस्था र प्रस्तावित निर्देशिकाको मस्यौदाको विषयमा समिक्षात्मक प्रस्तुती गर्दै त्यसले संस्थामा पार्ने प्रभावको बारेमा समेत समिक्षा गर्नु भएको थियो ।

सहभागि स्वाभिमान सेवा केन्द्र उपसमिति सदस्य श्री गणेशराज गौली, ऋण उपसमिति सदस्य श्री राम प्रसाद सापकोटा, उप समिति सदस्य श्री टिकाराम शर्मा लगायतका सहभागिबाट महत्वपुर्ण जिज्ञासा एवं सुझावहरु प्राप्त भएको थियो र प्राप्त जिज्ञासा एवं सुझावहरुलाई प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदी र अध्यक्ष श्री गोबिन्द सुबेदीले सम्बोधन गर्नुभएको थियो ।
अर्धवार्षिक रुपमा ५७ प्रतिशतले लक्ष हासिल भएको उक्त समिक्षा कार्यक्रममा मन्तव्यको क्रममा संस्थाको लेखा तथा सुपरिवेक्षण समिति साथै गैंडाकोट नगरपालिकाको सहकारी संम्वय मंचका अध्यक्ष श्री वावुराम खनालले समग्र गैंडाकोट नगरपालिकामा गण्डकी साकोसको छवी राम्रो रहेको उल्लेख गर्नु भएको थियो । साथै सल्लाहकार तथा पूर्व अध्यक्ष श्री वेद प्रसाद गौडेलले सम्पूर्ण सदस्यले गण्डकी साकोसलाई तन मनले आफ्नो मानेर सम्पूर्ण वित्तिय कारोवार यसै साकोसवाट गर्ने पे्ररित गर्नु पर्ने उल्लेख गुर्न भएको थियो ।

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, ऋण उप समिति, शिक्षा उप समिति, सम्पूर्ण सेवा केन्द्र व्यवस्थापन उपसमिति, विभागिय प्रमुख, सेवा केन्द्र प्रमुख लगायतको उपस्थिती रहेको थियो । सहभागिहरुबाट प्राप्त भएका सुझावहरुको विषयमा आफ्नो भनाई प्रस्तुत गर्दै समग्र सहकारी अभियानको लागि यो वर्ष कठिन वर्षको रुपमा रहेता पनि संचालक, व्यवस्थापन समुह र सदस्यहरुको सक्रिय साथ सहयोगबाट गण्डकी साकोसले यत्तिको उपलब्धी हासिल गरेको जानकारी गराई अध्यक्ष गोविन्द सुवेदीवाट कार्यक्रम समापन भएको थियो ।

Leave a Reply