समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

गण्डकी साकोसद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० विद्यालयका १० विद्यार्थीलाई छात्रवृत्ति वितरण

मिति २०८२ असार २० गते शुक्रवार, गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गैंडाकोट नगरपालिकाका फरक–फरक सामुदायिक विद्यालयका आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। छात्रवृत्ति वितरण कार्यक्रम संस्थाका अध्यक्ष श्री गोबिन्द सुबेदीको अध्यक्षतामा तथा गैंडाकोट नगरपालिका सहकारी शाखाका प्रमुख डा. बालकृष्ण चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रम सहकारीका सचिव श्री केशवराज शर्माले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष श्री केदार नाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यार्थिका अविभावकको तर्फवाट श्री तेजमाया काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । संस्थाका सल्लाहकार श्री कुलप्रसाद पाण्डेले संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको र भविश्यमा यस्ता कार्यक्रम निरन्तर रहने संस्थाको छवि समाजमा रहेको जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि डा. बालकृष्ण चापागाईंले शिक्षा क्षेत्रको सुधारका लागि सहकारी संस्थाको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको भविष्य उज्यालो बनाउन ठूलो भूमिका खेल्ने र शिक्षा क्षेत्रमा सहकारीहरूको सहभागिताले गुणस्तरीय शिक्षाको पहुँच बिस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो। कार्यक्रममा संस्थाका संचालक समिति सदस्य, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य, SDRC का अध्यक्ष श्री प्रेमबहादुर गुरुङ, सहकारीका सल्लाहकारहरू, विभिन्न उपसमितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई प्रत्येकलाई नगद, पोशाक तथा शैक्षिक सामग्री प्रदान गरिएको छ। कार्यक्रममा अध्यक्ष श्री गोबिन्द सुबेदीले शिक्षा नै दिगो विकासको आधार भएकाले सहकारी संस्था आगामी दिनमा पनि यस्ता छात्रवृत्ति तथा शैक्षिक सहयोग कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, छात्रवृत्तिबाट विद्यार्थीहरूलाई पढाइमा थप प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो।

 

Leave a Reply