
यस गण्डकी वचत तथा ऋण सहकारी संस्थाको आ.व. २०८२।०८३ को वार्षिक प्रगती समिक्षा, आ.व २०८३।०८४ को नीति तथा योजना र वजेट तर्जुमा कार्यक्रम संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीको अध्यक्षतामा संस्थाको मुख्य कार्यालयको सभाहलमा सम्पन्न भयाे । संस्थाका संचालक समिति,लेखा समिति,सल्लाहकार, उप समिति एवं सेवाकेन्द्र तथा बिभागीय प्रमुखहरूकाे सहभागीता रहेकाे कार्यक्रम संस्थाका सहसचिव श्री जय कृष्ण सापकोटाले सञ्चालन गर्नुभएको थीयाे भने उपाध्यक्ष श्री केदारनाथ न्यौपानेले कार्यक्रमको उद्येश्यवारे जानकारी गराउदै उपस्थित सबैमा स्वागत मन्तव्य राख्नुभएको थियो ।
गत आ.ब.२०८२/८३ मा संस्थाको समग्र बित्तिय तथा गैर बित्तिय अवस्थाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदीले ७५.२१ प्रतिशत ले लक्ष हासील भएकाे समिक्षात्मक प्रस्तुती गर्नु भएकाे थीयाे भने प्रमुख कार्यकारी बाट पेश भएकाे आ.ब.२०८३/८४को लागि नीति तथा कार्यक्रमहरु र कुल सम्पत्ति २ अर्व २८ करोड पुर्याउने लक्ष सहितको बजेट मस्यौदामा छलफल भएकाे थीयाे । पेश भएका मस्याैदाहरुमा सहभागी सदस्यहरुबाट प्राप्त भएका सुझावहरु काे अाधारमा संचालक समितिकाे बैठकबाट अन्तीम रूप दीइने कुरा अध्यक्षले जानकारी गराउनु भयाे । छलफलको क्रममा आएका जिज्ञासा र सुझावहरुको जानकारीको व्यावहोरा सहित अध्यक्ष श्री गोविन्द सुवेदीले कार्यक्रम समापन गर्नुभएको थियो ।