समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
नया सदस्यता लिन / सदस्यता अध्याबधिक गर्न

सहकारी सचेतना एवं विस्तारित मञ्च कार्यक्रम सम्पन्न ।

मिति २०८३।०६।०१

यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को काे आमा सेवा केन्द्र अन्तर्गतका सदसयहरूकाे लागी सहकारी सचेतना एवं विस्तारित मन्च कार्यक्रम हरे कृष्ण मन्दिर गैडाकोट १ को हलमा आमा सेवा केन्द्रका संयोजक श्री प्रमिला सापकोटाको अध्यक्षतामा सम्पन्न भयो ।

संस्थाका कोषाध्यक्ष श्री सकुन्तला न्यौपाने तिवारी ले स्वागत मन्तव्य र कार्यक्रमकाे उद्देश्य वारेमा प्रकाश पार्नु भएकाे थियाे भने संस्थाका ऋण अधिकृत श्री अन्जनराज पन्तले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियो । ८० जनाको उपस्थिती रहेको कार्यक्रममा सहकारीकाे विषयमा आधारीत नेपाली कथानक चलचित्र लक्ष्मिप्रसाद काे प्रदर्शन समेत गरीएकाे थियो ।

कार्यक्रमकाे अध्यक्षता गुर्नभएका श्री प्रमिला सापकोटाले उपस्थित सवै जनामा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

Leave a Reply