समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
नया सदस्यता लिन / सदस्यता अध्याबधिक गर्न

सहकारी सचेतना एवं विस्तारित मञ्च कार्यक्रम सम्पन्न ।

मिति २०८३।०६।०५

यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को स्वाभिमान सेवा केन्द्र अन्तर्गतका सदसयहरूकाे लागी सहकारी सचेतना एवं विस्तारित मन्च कार्यक्रम प्रतिभा पुस्तकालय गैडाकोट १ को हलमा स्वाभिमान सेवा केन्द्रका संयोजक श्री नेत्र प्रसाद अधिकारी (भरत)को अध्यक्षतामा सम्पन्न भयो ।

श्री नेत्र प्रसाद अधिकारी (भरत) ले स्वागत मन्तव्य र कार्यक्रमकाे उद्देश्य वारेमा प्रकाश पार्नु भएकाे थियाे भने सेवा केन्द्र प्रमुख श्री तुलसी सापकाेटाले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियो । ५० जनाको उपस्थिती रहेको कार्यक्रममा सहकारीकाे विषयमा आधारीत नेपाली कथानक चलचित्र लक्ष्मिप्रसाद काे प्रदर्शन समेत गरीएकाे थियो ।

कार्यक्रमकाे अध्यक्षता गुर्नभएका श्री नेत्र प्रसाद अधिकारी (भरत)ले उपस्थित सवै जनामा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

यसै गरि साेहि कार्यक्रम मुख्य कायर्लयमा संस्थाका सह सचिव श्री जयकृष्ण सापकाेटाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । श्री जयकृष्ण सापकाेटाले स्वागत मन्तव्य र कार्यक्रमकाे उद्देश्य वारेमा प्रकाश पार्नु भएकाे थियाे भने संस्थाका ऋण अधिकृत श्री अन्जनराज पन्तले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियो ।२६ जनाको उपस्थिती रहेको कार्यक्रममा सहकारीकाे विषयमा आधारीत नेपाली कथानक चलचित्र लक्ष्मिप्रसाद काे प्रदर्शन समेत गरीएकाे थियो ।

Leave a Reply