
यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को संगम सेवा केन्द्र अन्तर्गतका सदस्यहरूको लागी सहकारी सचेतना एवं विस्तारित मन्च कार्यक्रम प्रतिभा पुस्तकालय गैडाकोट १ को हलमा संगम सेवा केन्द्रका संयोजक श्री केशव प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भयो ।
श्री केशव प्रसाद ढकाल ले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य वारेमा प्रकाश पार्नु भएको थियो भने सेवा केन्द्र प्रमुख श्री टेक बहादुर पौडेलले (गणेश) कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । ६९ जनाको उपस्थिती रहेको कार्यक्रममा सहकारीको विषयमा आधारीत नेपाली कथानक चलचित्र लक्ष्मिप्रसाद को प्रदर्शन समेत गरीएको थियो ।
कार्यक्रमको अध्यक्षता गुर्नभएका श्री केशव प्रसाद ढकालले उपस्थित सवै जनामा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।