
यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को अबिरत सेवा केन्द्र अन्तर्गतका सदसयहरूकाे लागी सहकारी सचेतना एवं विस्तारित मन्च कार्यक्रम नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभाेत् संस्था गैडाकोट ६ को सभाहलमा अबिरत सेवा केन्द्रका संयोजक श्री जयकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भयो ।
संस्थाका अध्यक्ष श्री गोबिन्द सुवेदीले स्वागत मन्तव्य र कार्यक्रमकाे उद्देश्य वारेमा प्रकाश पार्नु भएकाे थियाे भने सेवा केन्द्र प्रमुख श्री ढगेन्द्र राज सापकोटाले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियो । ८१ जनाको उपस्थिती रहेको कार्यक्रममा सहकारीकाे विषयमा आधारीत नेपाली कथानक चलचित्र लक्ष्मीप्रसाद काे प्रदर्शन समेत गरीएकाे थियो ।
कार्यक्रमकाे अध्यक्षता गुर्नभएका श्री जयकृष्ण सापकोटाले उपस्थित सवै जनामा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।