समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
नया सदस्यता लिन / सदस्यता अध्याबधिक गर्न

गण्डकी साकोसको ३५ औँ साधारण सभा सम्पन्न ।

मिति २०८३।०६।०९

गण्डकी वचत तथा ऋण सहकारी संस्थाको ३५ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदी ज्यूको अध्यक्षता र प्रमुख बक्ता, आदरणिय आध्यात्मीक चिन्तक एवं प्रेरणादायि वक्ता ब्रम्हकुमार बिजयराज सिग्देल ज्यू को विशेष सहभागितामा आज सम्पन्न भयो । संस्थाका जेष्ठ सदस्य श्री रबिलाल उपाध्याय द्धारा पानसमा दिप प्रज्वलन गरि उद्घाटन भएको कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बचतको प्रतिक स्वरुप खुत्रुकेमा रु ५०÷– का नोटहरु राखि सहकारीमा बचत गर्ने कार्यमा ऐक्यबद्धता जाहेर भएको थियो । त्यसै गरि पुर्व अध्यक्ष, अतिथि र संचालकहरुबाट यस संस्था ३३ वर्ष पुगेको अवसरमा ३३ वटा दियोमा दिप प्रज्वलन गरिएको थियो । त्यसै गरि संस्थाका संचालक सदस्य श्री प्रमिला सापकोटा बाट गण्डकी आस्था वाचन गरिएको थियो ।
संस्थाको प्रमुख कार्याकारी अधिकृत श्री रामचन्द्र सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा, संस्थाका उपाध्यक्ष श्री केदार नाथ न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालक समितिको तर्फवाट सह सचिव श्री जयकृष्ण सापकोटाले आ.ब. २०८२।८३ को प्रगती प्रतिवेदन तथा आ.ब. २०८३।८४ को प्रस्तावित नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष श्री सकुन्तला न्यौपाने तिवारीले आ.ब. २०८२।८३ आर्थिक प्रतिवदेन प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गरेर संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री विष्णु प्रसाद शर्माले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख बक्ता, प्रमुख बक्ता, आदरणिय आध्यात्मीक चिन्तक एवं प्रेरणादायि वक्ता ब्रम्हकुमार बिजयराज सिग्देल ज्यू ले जिवन उपयोगिता र सहकारीताको को आस्था सहितको समुचित अभ्यासले हाम्रो जिवनमा हुने परिवर्तन को बारेमा प्रेरणादायि सम्बोधन गर्नुभएको थियो । समृद्धिको पहिलो आधार पैसा होइन सोच हो,सोच बदलौ बानी बदलौ जिवन बदलौ भन्ने भाव सहितका ओज पूर्ण मन्तव्य ले सदस्इहरुलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । यस संस्थाको सफलता लाई अझै उचाईमा पुर्याउन सफलता मिलोस् भनी शुभकामना पनि व्यक्त गर्नू भयो । त्यसै गरि सदस्यको तर्फवाट श्री खुमनाथ पौडेल र लक्ष्मी पाण्डेले लिखित तथा मौखिक जिज्ञाशा तथा सुझाव पेश गर्नु भएको थयो । सल्लाहकार संयोजक श्री पोषणराज सुवेददी र सल्लाहकार श्री बेदप्रसाद गौडेलले संस्थाको बारेमा तथा साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम स्थलमा सदस्यहरुको उत्पादन प्रर्दशनी तथा विक्रि स्टल पनि राखीएको थियो । क्यापिटल रिफ्रेन्स ल्याव प्रा लि को प्राविधिक सहयोग रहेको निशुल्क मधुमेह परिक्षण शिविरमा ३०० जनाले सेवा लिनुभएको थियो ।
कार्यक्रममा विभिन्न विधामा ३५ जना उत्कृष्ट सदस्य तथा बाल बचतकर्ताको रुपमा पुरस्कार तथा सम्मान पत्रवाट सम्मानित गरिएको थियो । वर्ष उत्कृष्ट सेवा केन्दमा स्वाभिमान सेवा केन्द्रलाई आ.व. ८२।८३ को वर्ष उत्कृष्ट सेवा केन्द्रको र वर्ष उत्कृष्ट कर्मचारीको रुपमा अमरापुरी सेवा केन्द्र कार्यालयका बचत सहायक श्री सरसवती गैतमलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

साधारण सभाले सचिव, कोषाध्यक्ष लगायत लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन र लेखापरिक्षण प्रतिबेदन पास बिनियम संसोधन प्रस्ताव पारित, वार्षिक निति तथा कार्यक्रम र बजेट स्विकृत गरेको छ ।

अध्यक्ष श्री गोविन्द सुवेदीले अधिल्लो ३३औ साधारण सभावाट सर्व सम्मतले निवाचित गरि दिनु भएको जिम्मेवारीलाई आत्मासात गर्दा संस्था हाल बित्तिय रुपमा सक्षम र बलियो पूजि कायम गरेको, ११ प्रतिशतको संस्थागत पूँजी कायम रहेको, सदस्यहरुलाई सन्तुष्टी पूर्ण सेवा तथा उचित प्रतिफल प्रदान गर्न सकिएको साथै बचत र ऋणमा गरेको कारोबारको आधारमा संरक्षित पुँजी फिर्ताकोष पनि बितरण गर्ने जानकारी गराउनु भएको थियो । अन्तमा प्रतिकुल मौसमको बाबजुत पनि यस साधारण सभालाई सभ्य र भव्य तरिकाले सफल परिदिन सहयोग गर्नुहुने सम्पूर्ण शेयर सदस्यलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

आजको मितिमा कुल १७२७० भन्दा बढी सेयर सदस्य, २ अर्व २५ करोड कुल सम्पती, ७ वटा सेवा केन्द्र कार्यालय, ३५ जना कर्मचारी र गैंडाकोट नरपालिका कार्यक्षेत्र रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं एसियाली ऋण महासंघ (अकु) ले नेफ्स्कुन मार्फत संचालन गरेको एक्सेस ब्राण्डीङ कार्यक्रममा सहभागी भई हाल सम्म ४ पटक सम्म एक्सेस ब्राण्ड प्राप्त गरेको छ ।

Leave a Reply