
मिति : २०८० पौष २५ गते
यस गण्डकी वचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यस संस्थाको संस्थागत बिकास एवं स्थानिय समुदाय र संस्थाका सदस्यहरुको हितको लागि गर्न सकिने सम्भाव्य कार्यहरुको सम्बन्धमा “ समुदायका अगुवाहरु सँग अन्तरकृया कार्यक्रम ” शिक्षा उप समितिको आयोजनामा शिक्षा उप समिति संयोजक श्री कुल प्रसाद पाण्डे तथा का.वा अध्यक्ष श्री केदार नाथ न्यौपाने को विशेष उपस्थितीमा संस्थाको सभाहलमा सम्पन्न गरियो ।
संस्थाका वित्त प्रमुख श्री विपिन श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य का.वा अध्यक्ष श्री केदार नाथ न्यौपाने ले राख्नुभएको थियो । साथै संस्थाको हाल सम्मको वित्तिय अवस्था तथा संस्थाले सञ्चालन गरेको गैह्र वित्तिय कार्यक्रम तथा अन्य समसाययिक विषयहरुमा बारेमा प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदीले प्रस्तुत गर्नुभएको थियो ।
गैडाकोट वडा नं. १ का वडाध्यक्ष श्री सुरेन्द्र प्रसाद रेग्मीको आतिथ्यता रहेको कार्यक्रममा उहाँले मन्तव्य राख्दै संस्थाको हाल सम्म वित्तिय अवस्था गुणस्तरीय रहेको तथा गैह्र वित्तिय कार्यक्रमहरु सञ्चालन गर्दै सदस्यहरुको सन्तुष्टी प्राप्त गर्न सकेको मा धन्यबाद ज्ञापन गर्नुभएको थियो । साथै अन्य सामाजिक कार्यक्रम सञ्चालन गर्न वडा तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गैडाकोट न.पा. वडा नं. १ मा रहेका टोल सुधार संस्था र टोल महिला समुहका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
संस्थाको शिक्षा उप समति संयोजक श्री कुल प्रसाद पाण्डेले उपस्थिती सवैमा धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरुले संस्थाको उन्नती विकासमा थप टेवा पुग्ने राय सहित कार्यक्रम समापन गर्नुभएको थियो ।