समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

रक्तदान एवम् आँखा शिविर तथा क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न ।

 

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, निकेशबाबु प्रतिष्ठान र जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा गैंडाकोट १ मिलनचोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५२ जना पुरुष र १४ जना महिला गरी जम्मा ६६ जनाले रक्तदान गरेका छन् । गण्डकी साकोसको स्वास्थ्य उप समिति संयोजक एवं संयुक्त रक्तदान कार्यक्रमका संयोजक श्री नरहरी सापकोटाको अध्यक्षतामा गैंडाकोट नगरपालिकाका नगरप्रमुख श्री मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता मा संचालन भएको कार्यक्रमको संचालन सरस्वती निकेतन बिद्यालयका सह प्राचार्य लक्ष्मण कडेलले गर्नुभएको थियो भने वडा नं १ का वडाध्यक्ष श्री शुरेन्द्रप्रसाद रेग्मी,ं गण्डकी साकोसका कार्यबाहक अध्यक्ष श्री केदारनाथ न्यौपाने लगायत संचालक समिति, स्वास्थ्य उपसमिति, महिला  उपसमिति, कर्मचारीहरु, कार्यक्रम तयारी उप समिति, तथा निकेशबाबु स्मृती प्रतिष्ठान र जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तथा कार्य समितिहरु, इलाका प्रहरी कार्यालय तथा स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रम संगै संचालन भएको नि शुल्कआँखा शिवीरकार्यक्रममा २ सय ३७ जनाले आँखा जाँच गराएका थिए । आँखाका बिरामीहरुलाई आवश्यकता अनुसारको चस्मा, औसधि र आँखाको अप्रेशन निशुल्क गर्ने व्यवस्था मिलाईएको थियो । आँखा शिविर मा आँखा जाँचका लागि भरतपुर आँखा अस्पतालको र रक्तदान कार्यक्रमको लागि रक्तसञ्चार केन्द्र भरतपुरको प्राबिधिक सहयोग रहेको थियो । यसै गरि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा। प्रदिप न्यौपानेले क्यान्सर सम्बन्धी सचेतना कार्यक्रमको सहजीकरण गर्दै क्यान्सरको बारेमा जानकारी गराउदै क्यान्सरबाट बच्न पुर्वसतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको थियो । उहाँले पाठेघरको क्यान्सर, स्तन क्यान्सर, आन्द्राको क्यान्सर लगायतका क्यान्सर देखिने सम्भाबना नेपालमा धेरै भएकाले विशेष ध्यान दिन र खानपानलाई स्वस्थ बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले अस्पतालमा रगत नपाएर छट्पटिनेलाई मात्र रगतको महत्त्व थाहा हुने बताउँदै उहाँले रगतदान गर्नु रगत दान मात्र नभई जिवन दान भएको बताउनुभयो । उहाँले केही व्यक्तिमा रक्तदानले कमजोर बनाउछ भन्ने भ्रम रहेपनि त्यो नभएकाले स्वस्थ र रक्तदानका लागि योग्य व्यक्तिले रक्तदान गर्नुहुन पनि नगरप्रमुख मदनभक्त अधिकारीको आग्रह रहेको छ ।

गैँडाकोट १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले रक्तदानमा उत्साहित हुँदै रक्तदान गर्नुभएका रक्तदातालाई धन्यबाद दिदैँ मानविय संबेदनशिलता बुझेर आवश्यकताका आधारमा कार्यक्रम गरेकोमा आयोजक संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै निकेशबाबु प्रतिष्ठानका संरक्षक सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले सामाजिक कार्य र पूण्यको कामका लागि ३ संस्था मिलेर काम गरेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्वास्थ्य उपसमिति संयोजक नरहरि सापकोटाले गण्डकी साकोसले संचालन गर्ने बित्तिय सेवाको अतिरिक्त रक्तदान स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु मार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विगतका बर्षदेखि नै यस्ताखाले कार्यक्रम गर्दै आएको बताउनुभयो । सदस्य र समुदायको हितको लागि गण्डकी साकोसबाट उपलब्ध सेवाहरुलाई अझ बढी सदस्य मुखी र समुदाय केन्द्रीत बनाउदै लगिने कुरामा प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तसञ्चार सेवा केन्द्र, भरतपुर आँखा अस्पताल लगायत सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्दै प्रमुख अतिथि तथा बिशिष्ठ अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो  ।
कार्यक्रममा स्वागत मन्तव्य जलुके खानेपानी तथा उपभोक्ता समूहका अध्यक्ष जगन्नाथ पौडेलले राख्नुभएको थियो । उक्त कार्यक्रममा सरस्वती निकेतनका विद्यार्थीले मार्चपास प्रस्तुत गरेका थिए ।

Leave a Reply