समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
सदस्यता अध्याबधिक

गण्डकी बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ साधारण सभा कार्यक्रम सम्पन्न

गण्डकी बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ साधारण सभा कार्यक्रम सम्पन्न

मिति २०८१।०५।२९

गण्डकी वचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री पोषणराज सुवेदी ज्यूको अध्यक्षता र गैंडाकोट नगरपालिकाका नगर प्रमुख श्री मदनभक्त अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा श्रीराम पार्टी प्यालेसमा सम्पन्न भयो । संस्थाका प्रमुख अतिथिद्धारा दिप प्रज्वलन गरि उद्घाटन भएको कार्यक्रममा आमन्त्रीत अतिथी तथा पूर्व अध्यक्षहरुबाट बचतको प्रतिक स्वरुप खुत्रुकेमा रु ५०/- को नोटहरु राखि सहकारीमा बचत गर्ने कार्यमा ऐक्यबद्धता जाहेर भएको थियो । त्यसै गरि पुर्व अध्यक्ष, अतिथि र संचालकहरुबाट संस्था ३१ वर्ष पुगेको अवसरमा ३१ वटा दियोमा दिप प्रज्वलन गरिएको थियो ।

संस्थाको सह सचिव श्री केशवराज शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा गैंडाकोट नगरपालिकाका बडाध्यक्षहरु, गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख श्री देबेन्द्र गौतम लगायत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संस्थाका प्रथम उपाध्यक्ष श्री केदार नाथ न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा सञ्चालक समितिको तर्फवाट सह सचिव श्री केशवराज शर्माले आ.ब.२०८०।८१ को प्रगती प्रतिवेदन तथा आ.ब. २०८१।८२ को प्रस्तावित नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष श्री शान्ति सापकोटाले आर्थिक प्रतिवदेन प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गरेर संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री गोविन्द सुवेदीले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिको तर्फवाट वडा नं १ का वडा अध्यक्ष श्री शुरेन्द्र प्रसाद रेग्मी र गैंडाकोट नगरपालिकाका श्री देवेन्द्र गौतम, सदस्यको तर्फवाट श्री झलककाजी पौडेल र श्री सिता न्यौपान, सल्लाहकार श्री वेद प्रसाद गौडेल ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विभिन्न विधामा ४२ जना उत्कृष्ट सदस्य तथा बाल बचतकर्ताको रुपमा पुरस्कार तथा सम्मान पत्रवाट सम्मानित गरिएको थियो । वर्ष उत्कृष्ट कर्मचारीको तर्फवाट मुख्य कार्यालयका वचत सहायक श्री सुकविर खण्डलुक मगरलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

३३ औ वार्षिक साधारण सभाका प्रमुख अतिथिले सहकारीको मुल अवधारण र सहकारी प्रर्वधनमा संस्थाका संचालक समिति, उपसमिति र व्यवस्थापनको मुख्य जिम्मेवारी रहने साथै सदस्यहरुको आर्थिक विकासमा सहकारीले विभिन्न किसिमको कार्याक्रम गर्नु पर्ने कुरा जानकारी गराउनु भएको थियो । सहकारीले आफ्नो सदस्यको जिवन यापन एंव विषम परिस्थितीमा साथ सहयोग गर्ने र वित्तीय सक्षरता प्रदान गर्नुपर्नेमा विशेष जोड दिनु भएको थियो ।

साधारण सभाले सचिव, कोषाध्यक्ष लगायत लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन र लेखापरिक्षण प्रतिबेदन पास गरिएको थियो ।

अध्यक्ष श्री पोषणराज सुबेदीले आफुले कोभिडको महामारीको समयमा संस्थाको नेतृत्व सम्हाली हाल संस्थालाई २ अर्वको पुजि, १० प्रतिशतको संस्थागत पूजि कायम गरि सफल रुपमा नेतृत्व हस्तान्तरण गर्न लागेकोमा प्रशन्नता ब्यक्त गर्दै आफ्नो नेतृत्वमा साथ दिनुहुने सम्पुर्ण संचालक,पुर्व अध्यक्ष, सल्लाहकार, कर्मचारीहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

उक्त ३३ औ साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि श्री गोविन्द सुवेदीको अध्यक्षतामा १३ सदस्य संचालक समिति र बिष्णु प्रसाद शर्मा को संयोजकत्वमा ३ सदस्य लेखा तथा सुपरिबेक्षण समितिको गठन गरेको छ ।

अध्यक्ष : श्री गोबिन्द सुबेदी
उपाध्यक्ष : श्री केदार नाथ न्यौपाने
सचिव : श्री केशवराज शर्मा
कोषध्यक्षमा : श्री सकुन्तला न्यौपाने
सह सचिव : श्री जयकृष्ण सापकोटा
संचालक सदस्य : श्री विष्णु पौडेल
संचालक सदस्य : श्री केशव ढकाल
संचालक सदस्य : श्री रोशन सापकोटा
संचालक सदस्य : श्री नेत्र प्रसाद अधिकारी
संचालक सदस्य : श्री मेधनाथ पौडेल
संचालक सदस्य : श्री निर्मल न्यौपाने
संचालक सदस्य : श्री शुभेच्छा दलि प्रधान
संचालक सदस्य : श्री प्रमिला सापकोटा

लेखा तथा सुपरिवेक्षण समिति संयोजक श्री विष्णु प्रसाद शर्मा
सदस्य : श्री वावुराम खनाल
सदस्य : श्री राधा देवी आचार्य

Leave a Reply