समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
सदस्यता अध्याबधिक

गण्डकी बचत तथा ऋण सहकारी संस्थाको नव निर्वाचित संचालक समिति एंव लेखा सुपरिवेक्षण समितिको पद हस्तान्तरण कार्याक्रम सम्पन्न

मिति २०८१।०६।०३

गण्डकी वचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा संस्थाका नि वर्तमान अध्यक्ष श्री पोषणराज सुवेदी ज्यूको अध्यक्षतामा नव निर्वाचित संचालक समिति एंव लेखा सुपरिवेक्षण समितिको पद हस्तान्तरण कार्याक्रमसम्पन्न भयो । कार्यक्रमा निर्वतमान संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, नवनिर्वाचित संचालक समिति एंव लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, पूर्वअध्यक्ष र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

संस्थाका उपाध्यक्ष श्री केदार नाथ न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा सञ्चालक समितिको तर्फवाट निर्वतमान सचिव श्री कुल प्रसाद पाण्डेले कार्यक्रम संचालन गर्नुभएको थियो भने निर्वाचन उपसमिति संयोजक श्री शुरेश पण्डित र सदस्यहरुवाट नव निर्वाचित संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिलाई निर्वाचित प्रमाण पत्र प्रदान गर्नुभएको थियो भने पुष्प गुच्छा सहित सम्पूर्ण नि वर्तमान संचालक समिति एंव लेखा सुपरिवेक्षण समिति द्धारा नव निर्वाचित संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई पद हस्तान्तरण सहित हार्दिक वदाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा निवार्तमान संचालक समिति सदस्य श्री रिता कोइराला, सल्लाहकार श्री वेद प्रसाद गौडेल, पूर्वअध्यक्ष श्री धन वहादुर पौडेल शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नव निर्वाचित अध्यक्ष श्री गोविन्द सुबेदीले पूर्व संचालकहरुले कोभिडको महामारीको समयमा संस्थाको नेतृत्व सम्हाली हाल संस्थालाई २ अर्वको पुजि, १० प्रतिशतको संस्थागत पूजि कायम गरि सफल रुपमा नेतृत्व हस्तान्तरण गर्नु भएकोमा धन्यवाद ब्यक्त गर्दै आफ्नो नेतृत्वमा साथ दिनुहुन सम्पुर्ण संचालक,पुर्व अध्यक्ष, सल्लाहकार, कर्मचारीहरु हार्दिक अनुरोधका साथ धन्यबाद ज्ञापन गरि कार्यक्रम समापन गर्नुभएको थियो ।

Leave a Reply