
यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप समितिको आयोजनामा वित्तिय सचेतना कार्यक्रम स्वाभिमान सेवा केन्द्र अन्तर्गत प्रतिभा पुस्तकालय गैडाकोट १ को सभा हलमा स्वाभिमान सेवा केन्द्रका संयोजक श्री नेत्र प्रसाद अधिकारी को अध्यक्षतामा सम्पन्न भयो ।
शिक्षा उपसमितिका सदस्य श्री कुल प्रसाद लामिछानेले कार्यक्रमकाे संचालन गर्नुभएकाे थियाे । शिक्षा उपसमितिका संयोजक श्री केशव राज शर्माले कार्यक्रमका बारेमा छोटकरीमा प्रकाश पार्नुका साथै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीले वित्तीय सचेतना र सहकारीका विविध विषयमा सहजिकरण गर्नुभएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदी ले संस्थाको संक्षिप्त परिचय दिई सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ६० जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
अन्तयमा कार्यक्रमका अध्यक्षता गुर्नभएका श्री नेत्र प्रसाद अधिकारीले उपस्थित सबै शेयर सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।