मिति : २०८० चैत्र २३ गते शुक्रवार
संचालकहरुको क्षमता अभिवृद्धि तथा उत्पे्ररणात्मक कार्यक्रम सम्पन्न ।
यस गण्डकी वचत तथा ऋण सहकारी संस्था लि. गैडाकोट २ को सञ्चालक समिति,उप समितिहरु, उच्च व्यवस्थापन समुह लागि क्षमता अभिवृद्धि तथा उत्पे्ररणात्मक कार्यक्रम होटल एभरेष्ट ताजमहल, गैडाकोट २ को सभाहलमा संस्थाका अध्यक्ष श्री पोषण राज सुवेदीको अध्यक्षता,गैडाकोट नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत श्री झविन्द्र खनाल ज्यूको प्रमुख आतिथ्यता र एसियाली ऋण महासंघका पूर्व अध्यक्ष, नेप्स्कूनका पूर्व अध्यक्ष साथै नेपालको सहकारी अभियानका प्रभावशाली अभियन्ता श्री ऋषिराज घिमीरे ज्यूको सहजीकरणमा सम्पन्न भयो ।
संस्थाका सचिव तथा शिक्षा उप समिति संयोजक श्री कुल प्रसाद पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्था प्रथम उपाध्यक्ष श्री केदार नाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै संस्थाको हाल सम्मको वित्तिय अवस्था तथा संस्थाले सञ्चालन गरेको कार्यक्रम तथा गतिबिधिहरुको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदीले प्रस्तुती करण गर्नु भएको थियो । , गैडाकोट नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत श्री झविन्द्र खनालले शुभकामना मन्तव्य राख्दै गैडाकोट नगरपालिका कार्यालय भित्र कार्यक्षेत्र वनाई कारोवार गर्ने साथै स्थानिय सरकार गैडाकोट नगरपालिका कार्यालयले नियमन गर्ने संस्थाहरु मध्ये गण्डकी साकोस पहिलो नम्वरमा रहेको उत्कृष्ट साकोसको रुपमा रहेको र अन्य सहकारी संस्थाको लागि अनुकरणीय रहेको कुरा व्यक्त गर्दै संस्थाको उक्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा आजका प्रशिक्षक एसियाली ऋण महासंघका पूर्व अध्यक्ष, नेप्स्कूनका पूर्व अध्यक्ष साथै नेपालको सहकारी अभियानका प्रभावशाली अभियन्ता श्री ऋषिराज घिमीरे सहजीकरण गर्दै सहकारी कारोवार ठुलो, कार्यक्षेत्र धेरै समट्ने, धेरै शेयर सदस्यहरु धेरै भएर मात्र उत्कृष्ट सहकारी नहुने भन्दै आफ्नो साकोसमा रहेको सदस्यहरु सत प्रतिशत सकृय सदस्य गराउने, पल्र्स मापदण्ड वमोजिमका सवै सुचाङ्कहरु ठीक ठाउँमा राख्न सक्ने, संस्थाको कारोवारमा सम्पूर्ण शेयर सदस्यहरु सन्तुष्ट भएको खण्डमा पनि संस्था उत्कृष्ट हुने कुरामा राख्नुभएको थियो । गण्डकी साकोसले गैंडाकोट नगरपालिका मात्र कार्यक्षेत्र निर्धारण गरेकोमा प्रशन्नता व्यक्त गदै अब संस्थाका सबै सदस्यहरुलाई सक्रिय बनाउन बिशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनुभयो । प्रशिक्षणको क्रममा नेतृत्वको भूमिका तथा जिम्मेवारीका बिभिन्न पक्षहरु त्था अन्य समसामयिक कुराहरुमा प्रष्ट पार्नुभएको थियो । संस्थाका वारेमा सम्पूर्ण सञ्चालकहरु, सम्पूर्ण उप समितिहरु जानकारी रहनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा गैडाकोट नगरपालिकाका सहकारी अधिकृत श्री देवेन्द्र गौतम, गैडाकोट नगरपालिका वडा नं. १ का वडाअध्यक्ष श्री शुरेन्द्र प्रसाद रेग्मी ले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपेरिवेक्षण समिति, सम्पूर्ण उप समितिहरु,सल्लाहकार हरुको उपस्थिती रहेको थियो ।
अन्तमा उपस्थित गैडाकोट नगरपालिका कार्यलयका प्रमुख प्रशासकिय अधिकृत, गैडाकोट नगरपालिका कार्यलयका सहकारी अधिकृत, आजका प्रशिक्षक साथै गैडाकोट नगरपालिका कार्यालय वडा नं. १ का वडाअध्यक्ष लाई आजका कार्यक्रम अध्यक्ष श्री पोषणराज सुवेदीले मायाको चिनो हस्तान्रण गरी आफ्नो मन्तव्य राख्दै उपस्थिती सवैमा धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरुले संस्थाको उन्नती, विकासमा थप टेवा पुग्ने राय सहित कार्यक्रम समापन गर्नुभएको थियो ।