समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

सहकारी सचेतना सम्बन्धी बृहत तिज गित प्रतियोगिता कार्यक्रम भव्य रुपमा सम्पन्न ।

गण्डकी बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोट–२ नवलपुरको आयोजनामा गैंडाकोटमा रहेका महिला समुहहरुको बिचमा सहकारी सचेतना सम्बन्धी बृहत तिज गित प्रतियोगिता कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । १९ वटा महिला समुहहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीको अध्यक्षता र गैंडाकोट नगरपालिका उप–प्रमुख श्री शान्ति कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । साथै, विभिन्न वडाध्यक्ष, सामाजिक प्रतिष्ठानका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, तथा सांस्कृतिक क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक श्री शुभेच्छादली प्रधानले स्वागत मन्तब्य व्यक्त गर्नु भएको कार्यक्रममा महिला उप समितिका सदस्यहरु ले स्वागत गान प्रस्तुत गर्नु भएको थियो । यसै गरि प्रमुख अतिथि श्री शान्ती कोइराला,पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक पोषणराज सुबेदी, पुर्व अध्यक्ष एवं सल्लाहकार सदस्य श्री बेदप्रसाद गौडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

वरिष्ठ लोकदोहोरी गायक अमर विरही गुरुङ, पत्रकार तथा प्रस्तोता अजिता अधिकारी पौडेल र भरतपुर महमनगरपालिका का अधिकृत शारदा देवी शर्माको निर्णायक मण्डल रहेको कार्यक्रममा शिलन्यास टोल महिला समुह गैंडाकोट २ प्रथम भएको थियो भने प्रगती टोल महिला समुह गैंडाकोट १ द्धितिय, भृकुटिचोक महिला समुह गैंडाकोट २ तृतियजनजागृती टोल महिला समुह गैंडाकोट २ ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

सहकारी सचेतना सम्बन्धी रोचक गितहरु प्रस्तुत भउको कार्यक्रमको पहिलो सत्र संस्थाका सचिव श्री केशवराज शर्माले संचालन गर्नुभएको थियो भने तिज गित प्रतियोगिताको संचालन कुशल संचालीका श्री रितु गिरीले गर्नुभएको थियो ।

Leave a Reply