समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

वित्तीय सचेतना कार्यक्रम सम्पन्न ।

मिति २०८१।०८।२४

यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप समितिको आयोजनामा वित्तिय सचेतना कार्यक्रम अमरापुरी सेवा केन्द्र अन्तर्गत  श्री दुर्गा मन्दिर गैडाकोट १६ को सभा हलमा अमरापुरी सेवा केन्द्रका संयोजक श्री मेघनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।

शिक्षा उपसमितिका संयोजक श्री केशव राज शर्माले सञ्चालन कार्यक्रमका वारेमा छोटकरीमा प्रकाश पार्नु साथै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री गोविन्द सुवेदीले वित्तीय सचेतना र सहकारीका विविध विषयमा सहजिकरण गर्नुभएको थियो भने संस्थाका ऋण अधिकृत श्री अन्जनराज पन्तले संस्थाको संक्षिप्त परिचय दिई सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ४२ जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

अन्तयमा कार्यक्रमका अध्यक्षता गुर्नभएका मेघनाथ पौडेलले उपस्थित सवै शेयर सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

Leave a Reply