समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
सदस्यता अध्याबधिक

करेसावारी व्यवस्थापन तालिम सम्पन्न

मिति : २०८०।११।११
गण्डकी साकोस

करेसावारी व्यवस्थापन तालिम सम्पन्न

गण्डकी वचत तथा ऋण सहकारी संस्थाको अविरत सेवा केन्द्र अन्तर्गतका सदस्यहरुलाई तरकारीमा आत्मनिर्भर बनाउने उद्येश्यले करेसा वारी व्यवस्थापन तालिम संस्थाका सञ्चालक सदस्य तथा अविरत सेवा केन्द्र व्यवस्थापन उप समिति संयोजक श्री जयकृष्ण सापकोटाको अध्यक्षता, संस्थाका अध्यक्ष श्री पोषणराज सुबेदीको बिशेष उपस्थिती तथा प्रशिक्षक श्री राजेन्द्र गौडेलको सहजीकरणमा शिवनगर नमुना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा सम्पन्न भयो ।
संस्थाका शिक्षा उप समिति सदस्य श्री राम प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्था अध्यक्ष श्री पोषण राज सुवेदीले कार्यक्रमको उद्येश्य तथा संस्थाको हाल सम्मको अवस्था तथा संचालित गतिबिधिहरुको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षकले करेसावारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयवाट आफ्नो प्रस्तुतीको शुरुवात गर्नुभएको थियो । करेसा वारीमा सिजन अनुसारको तरकारी खेती गरी आफ्नो परिवारमा शुद्ध,स्वस्थ तरकारी खुवाउन पुरुष भन्दा महिला सदस्यहरुको भुमीका वढी रहने देखिएको हुने कुरा स्मरण गराउदै तरकारी लाई कुहीने वाट कसरी जोगाउने, कसरी मलजल गर्ने, पानीको मात्रा कसरी मिलाउने भन्ने विषयमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियो । त्यस्तै गरेर संस्थाका सदस्य तथा विनायक कृषि सहकारी संस्था लि. अध्यक्ष श्री तिलक कंडेलले तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने विषयमा आफ्नो अनुभवको वारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा १४६ जनाको उपस्थिती रहेको थियो ।
अन्तमा कार्यक्रमको अध्यक्ष श्री जयकृष्ण सापकोटाले सेयर सदस्य संस्थाको मालिक रहने हुदाँ संस्थालाई सवल सक्षम रुपमा सञ्चालन गर्न सेयर सदस्यहरुको महत्वपूर्ण भुमीका हुने र संस्थाले सञ्चालन गरेका यि लगायत अन्य सवै कार्यक्रमहरुमा उल्लेखनिय सहभागि भई आफ्नो र संंस्थाको बिकासको लागि सहयोग र क्रियाशिल रहेकोमा सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिदै उपस्थिती सवै सहभागिलाई तरकारीका विउ विजन वितरण गरि कार्यक्रम समापन गर्नुभएको थियो ।

Leave a Reply