
गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं को आयोजना र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र (SDRC-Nepal) संगको सहकार्यमा गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं का सदस्यहरुको लागि चप्पल बनाउने निशुल्क तालिम आज चैत्र २५ गते संस्थाका अध्यक्ष श्री गोबिन्द सुबेदीको अध्यक्षतामा र गैंडाकोट नगरपालिका सहकारी शाखा प्रमुख श्री देबेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सुरु भएको छ । संस्थाले आफ्ना सदस्यहरुमा उद्यमशिलताको विकास गर्ने गरि यस प्रकारका तालिम कार्यक्रमको आयोजना गरेकोमा संस्थालाई धन्यबाद ज्ञापन गर्दै प्रमुख अतिथि श्री देबेन्द्र गौतमले यस्तै खालका बिशिष्ठीकृत तालिम वा अन्य कार्यक्रमहरुमा गैडाकोट नगरपालिका सहकार्य गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
SDRC-Nepal का अध्यक्ष श्री हुमकान्त आचार्य, उपाध्यक्ष श्री केदार पौडेल, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु श्री बेदप्रसाद गौडेल, श्री प्रेमबहादुर गुरुङ, श्री कुलप्रसाद पाण्डे, मज्जुवा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष श्री देवी गूरुङको आतिथ्यता रहेको कार्यक्रम सहकारी संस्थाका सचिव श्री केशवराज शर्माले संचालन गर्नु भएको थियो भने यूवा उप समितिका सदस्य श्री प्रेम सापकोटाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा सल्लाहकार श्री बेदप्रसाद गौडेलले तालिमको सफताको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
कुल २३ जना महिला सहभागि रहेको तालिममा श्री सबिता थापा प्रशिक्षक रहनु भएको छ । २५ गते देखि ३१ गते सम्म संचालन हुने उक्त तालिममा महिलाहरुले लगाउने फेन्सी चप्पल बनाउन सिकाउने र तालिमका सहभागिलाई उद्यमी बन्न प्रेरित गर्ने गरि सहकारी संस्थाले आवश्यक बित्तिय सहयोग उपलब्ध गराउने कुरामा संस्थाका अध्यक्ष श्री गोबिन्द सुबेदीले प्रतिबद्दता व्यक्त गर्नुभएको छ । अध्यक्ष श्री गोबिन्द सुबेदीले तालिममा सिकेका कुरालाई ब्यबहारीक प्रयोगमा ल्याउन सबै सहभागिहरुलाई प्रेरणा मिलोस् भनी तालिमको सफलाको शुभकामना व्यक्त गर्नु भएको छ ।