समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

चप्पल बनाउने निशुल्क तालिम सम्पन्न ।

मिति २०८१।१२।३१

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं को आयोजना र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र (SDRC-Nepal) संगको सहकार्यमा गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं का सदस्यहरुको लागि चैत्र २५ गते बाट सूरु भएको चप्पल बनाउने निशुल्क तालिम आज चैत्र ३१ गते सम्पन्न भएको छ । २३ जना सहभागि रहेको तालिमको समापन कार्यक्रम संस्थाका अध्यक्ष श्री गोबिन्द सुबेदीको अध्यक्षता र क्म्च्ऋ( ल्भउब िका अध्यक्ष श्री हुमकान्त आचार्यको आतिथ्यता , लेखा तथा सुपरिबेक्षण समितिका स्ांयोजक विष्णुप्रसाद शर्मा, संचालक सदस्य तथा कार्यक्रम संयोजक श्री रोशन सापकोटा संचालकहरु नेत्रप्रसाद अधिकारी,प्रमिला सापकोटा, शुभेच्छादली प्रधान, सल्लाहकार कुलप्रसाद पाण्डे, यूवा उप समिति सदस्य शिव भुषाल लगायतको सहभागिता रहेको थियो । संस्थाका सचिव श्री केशवराज शर्माले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक रोशन सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो भने तालिमका सहभागिहरु बिमला श्रेष्ठ, मिना के शी, पार्वती जिसी सापकोटा,इन्द्रकुमारी पौडेल यस्तो उपयोगी शिपमुलक तालिम प्रदान गरेर सदस्यहरुलाई उद्यमशिल बन्न प्रेरणा प्रदान गरेकोमा गण्डकी बचत तथा धेरै धन्यबाद ज्ञापन गर्नु भयो ।

त्यसै गरि, संस्थाका लेखा सुपरिबेक्षण समिति संयोजक विष्णुप्रसाद शर्मा, SDRC-Nepal का अध्यक्ष श्री हुमकान्त आचार्य, संस्थाका संचालक सदस्य शुभेच्छा दली प्रधान, संस्थाका सल्लाहकार कुलप्रसाद पाण्डे ले यस सदस्यरुलाई स्वरोजगार बनाउन यस्ता कार्यक्रमहरु सनिरन्तर संचालन गर्न वा सदस्यहरुलाई सहयोग गर्न संस्था सदैब तत्पर रहेको जानकारी गराउदै सहभागि सदस्यहरु लाई उद्यमी बन्न शुभकामना व्यक्त गर्नु भयो । सहभागिहरुको अति सक्रियता र चासोले यो ७ दिनमा धेरै राम्रो शिप हासिल गर्नुभएको मा सो सिपलाई तुरुन्तै व्यवहारमा लागु गरेर उद्यमी बन्न शुभकामना दिनु दिदै आगामी दिनमा पनि आवश्यक परेको खण्डमा आफु सदैव तयार रहेको जानकारी गराउनु भयो। तालिमका सहभागी मध्ये उत्कृष्ट हुने दुई जना सहभागि लक्ष्मी श्रेष्ठ( गैंडाकोट १) र लक्ष्मी श्रेष्ठ (गैंडाकोट ७) लाई पुरस्कार प्रदान गरिएको थियो भने सहभागिहरुलाई प्रमाणपत्र र प्रशिक्षक लाई प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरियो थियो ।

गण्डकी साकोसको स्थापना देखिनै सदस्यहरुलाई व्यवशायिक तथा उद्यमी बनाउन संस्था सदैव क्रियाशिल रहेको जानकारी गराउदै यस तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न र शिपमा अझै निखारता ल्याउन अरु तालिमको आवश्यकता परेको खण्डमा पनि संस्थाले सो अवसर प्रदान गर्ने र सदस्यहरुले उत्पादन गरेको सामाग्रीको बजारीकरणको लागि संस्थाले समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अध्यक्ष गोबिन्द सुबेदीले तालिममा सहभागिलाई व्यवशायिक सफलताको शुभकामना ब्यक्त गर्नु भयो । साथै तालिमको आयोजना गर्ने यूवा उप समिति एवं तालिम व्यवस्थापनमा सक्रिय भुमिका निर्वाह गर्नुहुने संचालकहरु लाई एवं व्यवस्थापन समुह लाई समेत धन्यबाद ज्ञापन गर्दै तालिमको समापन गर्नुभयो ।

Leave a Reply